काठमाडौं ललितपुर महालक्ष्मी नगरपालिका-१३ स्थित स्वीस दूतावासको कम्पाउन्टबाट चितुवाको उद्धार गरिएको छ।
मंगलबार बिहान साढे ९ बजेतिर दूतावासको कार्यालयबाट चितुवाको उद्धार गरिएको हो।
कहाँबाट कसरी आयो भन्ने थाहा छैन। उद्धार गरेर ल्याइएको सदर चिडियाखानाको प्रमुख सत्यनारायण साहले जानकारी दिए।
'स्वीस दूतावासमा चितुवा पसेको छ भन्ने जानकारी आएपछि चिडियाखानाको टोलीले उद्धार गरेर ल्याइएको हो,' साहले भने।
जंगलतिरबाट बाटो बिराएर आएको हुनसक्छ। अहिले केही भन्नसक्ने अवस्था छैन। अध्ययन भइरहेको उनले सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार जिल्ला प्रहरी परिसर ललितपुर र डिभिजन वन कार्यालयको सहयोगमा नियन्त्रणमा लिइएको हो।