भैरहवामा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
ट्राफिक व्यवस्थापन कार्यालय रूपन्देहीका अनुसार बिहीबार बिहान साढे १० बजेतिर सिद्धार्थनगर नगरपालिका वडा नं. १२ भैरहवामा मधेस प्रदेश ०३–००१ ख ९०३९ नम्बरको बसले अन्दाजी ३०/३५ वर्षीय युवालाई ठक्कर दिएको थियो।
पैदल हिँडिरहेका युवालाई बसले पछाडिबाट ठक्कर दिएपछि गम्भीर अवस्थामा उनलाई भीम अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको पहिचान भने अझै हुन नसकेको प्रहरीले जनाएको छ।
युवालाई ठक्कर दिएपछि बसका चालक भने फरार रहेका छन्।
प्रहरीका अनुसार उक्त बस जन्ती लिएर भैरहवा आएको थियो। प्रहरीले बसलाई नियन्त्रणमा लिएर चालकको खोजी गरिरहेको जनाएको छ।