जेन-जी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडोफोड गरेको आरोपमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका ८ जना पुन: प्रहरी कार्यालयमा आफै उपस्थिति भएका छन्।
प्रहरी कार्यालय तोडफोड आरोपमा पक्राउ परेका ८ जना सोमबार पुन: कार्यालयमा आफै उपस्थित भएका हुन्।
तिहारअघि नै पक्राउ परेका ८ जनालाई चाडपर्वलाई ध्यानमा राख्दै हाजिरी जमानीमा छोडिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी प्रकाश जवेबुले जानकारी दिए।
'सोमबार कार्यालय उपस्थित भएका उनीहरूलाई मंगलबार म्याद थप गर्नका लागि जिल्ला अदालत पठाइएको छ,' उनले भने।
सोमबार पुन: उपस्थित हुनेमा काभ्रेको नमबुद्ध नगरपालिका-६ का विकास तामाङ, सोही नगरपालिको वडा-१ का अमृत सुनार,  भुम्लु गाउँपालिका-३ का रामशरण विक, बनेपा नगरपालिका-४ का रूपक परियार छन्।
सर्लाही लालबन्दी नगरपालिका-६ का होमबहादुर खत्री, महोत्तरी सोनाम गाउँपालिका-८ का प्रलाद ठाकुर, भक्तपुर नगरपालिका-८ का राजन माक, सिन्धुली हरिहरपुर गाउँपालिका-६ का सरोज बम्जन सोमबार कार्यालयमा आफै उपस्थित भएको उनले बताए।