अहिले देशका विभिन्न भागमा पश्चिमी वायु र बंगालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभाव परेकाले उपत्यका सहित विभिन्न स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ।
पश्चिमी वायुको सक्रिय प्रभाव र अरब सागरमा बनेको न्यून चापीय प्रणालीका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव देशैभरि परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सहितका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ।
कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ।
गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ।
आज उपत्यकामा बिहानैदेखि हल्का वर्षा हुँदा जनजीवन केही प्रभावित भएको छ।
तस्बिरहरू:
-1761807256.jpg)
-1761807255.jpg)
-1761807253.jpg)
-1761807252.jpg)
-1761807240.jpg)
-1761807241.jpg)
-1761807248.jpg)
-1761807250.jpg)
-1761807231.jpg)
-1761807232.jpg)
-1761807223.jpg)
-1761807222.jpg)
-1761807213.jpg)
-1761807217.jpg)
-1761807217.jpg)
-1761807220.jpg)
-1761807194.jpg)
-1761807189.jpg)
-1761807189.jpg)
-1761807194.jpg)
-1761807212.jpg)
-1761807192.jpg)
-1761807186.jpg)
-1761807186.jpg)