रौतहटको कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
शनिबार साँझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउँका १६ वर्षीय नविन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार मृतक दुवैको शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।