मधेस प्रदेशमा अहिले भीषण वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार रौतहटको महेशपुर केन्द्रमा अति भारी वर्षा भएको छ।
त्यहाँ पछिल्लो २४ घन्टामा २७०.४, गौरमा २४३.६, गरूडामा १९१.८, बाराको कलैयामा २१०.६ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै पर्साको वीरगञ्ज्मा २२१.४, पर्साकै मुडली केन्द्रमा २३१.८ मिलिमिटर वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागले शनिबार राति झन् ठूलो वर्षाको प्रक्षेपण गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले मधेस प्रदेशमा डुबानको खतरा औंल्याएको छ।