काठमाडौं कालिमाटीको सोल्टिमोडस्थित खोला किनारको सडक कटान भएको छ।
शनिबार परेको वर्षाका कारण काठमाडौं महानगरपालिका-१४ कोहिनुर हाउजिङ नजिकैको करखुसी खोला किनारमा सडक कटान भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सडक कटान भएपछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन भएको छ।
अहिले कटान भएको ठाउँमा बाँस राखेर रोक्ने काम भइरहेको छ।
देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो समेत खसेका छन्।
अहिले राजमार्गहरू पनि बन्द गरिएका छन्।
