कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी सानु भण्डारी र केशव दुलाल पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार भण्डारी र दुलाललाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूलाई ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो।
भदौ २४ गते केन्द्रीय कारागारमा आगजनी तथा तोडफोड हुँदा उनीहरू त्यहाँबाट भागेका थिए। त्यही कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि फरार भएका थिए। उनी पनि नक्कली भुटानी शरणार्थी प्रकरणमै मुछिएर कारागारमा छन्। उनी सोमबार कारागारमा फर्किएका छन्।
भण्डारी र दुलाल नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाइके हुन्।
दुई जना पक्राउ परेपछि उनीहरूले यस अनुसन्धानमा हाइप्रोफाइलहरूको समेत संलग्नता रहेको खुलाएका थिए।
उनीहरूको कनेक्सन रायमाझीसँगै पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग समेत थियो। जसकारण खाण पक्राउ परे। तर उनलाई अदालतले पुर्पक्षको लागि धरौटीमा छाडेको छ।