प्युठानमा एक बालिका खोलामा बगेर बेपत्ता भएकी छन्।
झिमरूक गाउँपालिका–८ की १० वर्षीया खुसी सामत झिमरूक खोलामा बगेर बेपत्ता भएकी हुन्।
मंगलबार दिउँसो पौने २ बजेतिर पौडी खेल्ने क्रममा खुसी बगेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय ओखरकोट र स्थानीय खुसीको खोजीमा खटिएका छन्।