घरायसी विवादका क्रममा विराटनगरमा एक व्यक्तिले भाउजूमाथि एसिड प्रहार गरेका छन्।
विराटनगर ९ का २५ वर्षीय श्रवण साहले २२ वर्षीया भाउजू रागिनीदेवी साहमाथि सोमबार एसिड प्रहार गरेका थिए।
मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार रागिनीदेवीको स्वास्थ्य अवस्था सामान्य छ।
‘अनुहारमा टिकाटिका जस्तो थोरै छ, हातले छेक्ने क्रममा थोरै चोट छ,’ उनले भनिन् ‘घरेलु विवादमा एसिड प्रहार भएको देखिन्छ। घाइतेको अवस्था सामान्य छ।’
एसिड प्रहार गर्ने श्रवण चाहिँ फरार नै छन्। उनको खोजी भइरहेको प्रहरी भनाइ छ।