नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलानजिकै सडक एकतर्फी सञ्चालनमा आएको छ।
त्यहाँ मंगलबार बिहान सुख्खा पहिरो खसेर बाटो दुइतर्फी अवरूद्ध बनेको थियो।
‘मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलानजिक झरेको पहिरो हटाइसकेपछि अहिले सडक एकतर्फी आएको छ,’ सडक डिभिजन भरतपुरले भन्यो, ‘ढुंगा झर्ने क्रम जारी नै छ
मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत धादिङको जवाङ खोला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध छ। त्यहाँ गएराति सुख्खा पहिरो झरेर बाटो अवरूद्ध बनेको थियो। मंगलबार बिहान ठूलो पहिरो खसेको र अहिले पनि पहिरो खस्ने क्रम नरोकिएकाले पन्छाउने कार्यमा बाधा पुगेको धादिङ प्रहरीले जानकारी दिएको छ।
धादिङ प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न पनि आग्रह गरेको छ।