तुइन खोलामा झरेको पहिरो हटाएसँगै नारायणघाट-मुग्लिन सडक दुईतर्फी रूपमै सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरले सोमबार साँझ साढे ५ बजेबाट सडक दुईतर्फी रूपमै सञ्चालनमा आएको जानकारी दिएको हो।
शुक्रबार राति ७ बजेतिर ठूलो पहिरो खसेपछि यो सडक ४५ घण्टा बन्द भएको थियो। आइतबार अपराह्न ४ बजेतिर एकतर्फी सञ्चालनमा ल्याइएकोमा सोमबार पूर्ण रूपमा सञ्चालनमा आएको कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले जानकारी दिए।
लामो समय सडक बन्द हुँदा यो सडकमा सवारी साधनको लाइन लामो भएको छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्माले सवारी साधनको जाम हुन नदिन लेन अनुशासनमा रहन अनुरोध गरेका छन्।