जेन-जी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्री कार्यालय पुगेका घाइतेहरूले आफूहरूलाई प्रहरीले नियन्त्रणमा नलिएको बताएका छन्।
आइतबार प्रधानमन्त्री सुशिला कार्कीलाई भेट्न सिंहदरबार पुगेको र बाहिर निस्किन सजिलो होस् भनेर प्रहरी भ्यानमा हालेको सिंहदरबार पुगेका गोकर्ण विष्टले सेतोपाटीलाई जानकारी दिएका छन्।
प्रहरी भ्यानमा देखिएका विष्टका अनुसार घाइतेहरूलाई हिँड्न गाह्रो भएपछि बाहिरसम्म ल्याइदिएको हो।
'हामीलाई नियन्त्रणमा लिइएको होइन। बाहिर निस्किन प्रहरीले सहयोग गरेको मात्र हो,' उनले सेतोपाटीसँग भने।
आफूहरू प्रधानमन्त्रीलाई भेट्न गएको र फर्किँदा प्रहरीको भ्यानमा चढेर आएको उनको भनाइ छ।