जेन-जी आन्दोलनको क्रममा आगजनी भएको उपत्यका प्रहरी कार्यालय रानिपोखरीलाई लुम्बिनी तन्दुरी व्यवसायिक संघ काठमाडौंले भाँडाकुँडा सहयोग गरेको छ।
भदौ २४ गतेको आन्दोलनको क्रममा प्रहरी कार्यालय रानिपोखरीको तोडफोड र आगजनी भएको थियो।
उक्त कार्यालय सञ्चालन गर्न आवश्यक भाँडाकुँडा लुम्बिनी तन्दुरी व्यवसायिक संघले आइतबार सहयोग गरेको हो।
रानिपोखरीमा २६४ भन्दा बढी प्रहरी नियमित खान खाने गर्छन्। उक्त क्यान्टिन पूर्ण जलेको थियो। त्यसैले उनीहरूलाई काममा सहज होस् भनेर भाँडाकुँडा सहयोग गरेको संघका अध्यक्ष रामप्रसाद पोखरेलले जानकारी दिए।
'विपत पर्दा विभिन्न सस्थाहरुलाई सहयोग गर्दै आइरहेका छौं। आगामी दिनमा पनि सहयोग गर्छौं,' उनले भने।