बुटवलको तिनाउ नदीमा बेपत्ता भएका २२ वर्षीय राहुल थापा मृत फेला परेका छन्।
प्रहरीका अनुसार शनिबार अपराह्न ५ बजेतिर तिनाउ नदी तर्ने क्रममा बुटवल-११ सत्यवती टोलका २२ वर्षीय राहुल थापा बेपत्ता भएका थिए।
बुद्ध नगरमा निर्माण गरिएको पक्की पुलदेखि २ सय मिटर माथिदेखि तिनाउ नदी तर्ने क्रममा उनी बेपत्ता भएका हुन्। थापा बुटवल मैना बगरबाट घर फर्किँदै थिए।
सोही क्रममा तिनाउ नदीमा बेपत्ता भएका थापा राति साढे ११ बजेतिर घटनास्थलदेखि ७ सय मिटर तल सृजना नगर र प्रगति नगरको बिचमा फेला परेको वडा नं. ११ का वडा सदस्य नकुल शाहीले बताए।
थापा नदी मा बेपत्ता भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा स्थानीयले राति अबेरसम्म खोजी गरेका थिए। खोजी गर्दै जाँदा थापालाई नदीमा मृत अवस्थामा फेला पारिएको हो।