जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिन्धुली कारागार तोडफोड र आगजनीपश्चात फरार भएका कैदीबन्दीमध्ये अहिलेसम्म २८० जना पक्राउ परेका छन्।
अन्य कारागारबाट भागेका १७ जनालाई पनि नियन्त्रणमा लिइएको सिन्धुली प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पक्राउ परेकामध्ये २८० जना सिन्धुली कारागारका अन्य कारागारका १७ जना पक्राउ परेका छन्।
उक्त दिन कारागार तोडफोड र आगजनीसँगै ४७१ जना कैदीबन्दी फरार भएका थिए। बाँकी फरारकै खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।