समाज डेन्टल हस्पिटलको १३ औं शाखा भैंसेपाटीमा खुलेको छ।
‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २५ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको १३ औँ शाखाले आजदेखि भैंसेपाटीमा आफ्नो सेवा सुरू गरेको हो।
शनिबार एक विशेष कार्यक्रम गरी समाज डेन्टलले आफ्नो सेवा विस्तार गरेको हो।
उद्घाटनका दिन सम्पूर्ण सेवाहरूमा ५०% छुट रहेको हस्पिटलका प्रबन्धक सविन घिमिरेले जानकारी दिए।
प्रबन्धक घिमिरेले मुख स्वस्थ सम्बन्धी जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्न सामान्य शुल्कमा आधुनिक उपकरणहरू प्रयोग गरी एउटै छानामुनि विशेषज्ञ चिकित्सकद्वारा गुणस्तरीय उपचार प्रदान गर्न उद्देश्य सहित गोल्फुटारमा पनि आफ्नो सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे।
भैंसेपाटीमा सेवा शुभारम्भ गर्दै समाज डेण्टल हस्पिटलका कार्यकारी निर्देशक शंकु घिमिरेले अब यस क्षेत्रमा पनि सुलभ शुल्कमा सबैले दन्त सेवा पाउने र यसरी सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताए।
समाज डेण्टल हस्पिटलले विगत २५ वर्ष देखि दाँत तथा मुख सम्बन्धी सेवा दिइरहेको छ।
हाल नयाँ बानेश्वर,जावलाखेल ललितपुर, राधेराधे भक्तपुर, सनसिटी पेप्सिकोला, बसुन्धरा, बौद्ध जोरपाटी, सीतापाइला, कौशलटार, इमाडोल, कुलेश्वर र बनेपा काभ्रेमा संचालित छ।