भदौ २४ गते प्रदर्शनकारीहरूले आगजनी गरेको सिंहदबारभित्रका मन्त्रालयका भवनहरूमा रंगरोगन गर्न थालिएको छ।
सिंहदरबारभित्रै छिरेर प्रदर्शनकारीहरूले आगजनी गरे पनि केही मन्त्रालयका भवनहरूमा आंशिक क्षति पुगेको थियो। ती भवनहरूमा रंगरोगन गरी पुनः प्रयोगमा ल्याउन लागिएको छ।
अर्थ मन्त्रालयको भवनमा बिहीबार बिहानैदेखि रंगरोगन थालिएको छ। यो भवनमा आगजनी भए पनि थोरै क्षति पुगेको छ।
अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयकै भवनमा पदभार ग्रहण गरेका थिए।
उनले मन्त्रालय सम्हालेसँगै मन्त्रालयको भवनमा रंगरोगन गर्न थालिएको छ।
तस्बिरहरूः
-ink-1758164380.jpeg)
-ink-1758164379.jpeg)
-ink-1758164378.jpeg)
-ink-1758164378.jpeg)
-ink-1758164378.jpeg)
-ink-1758164377.jpeg)
सबै तस्बिरः ःनेपाल फोटो लाइब्रेरी।