नेपाल प्रहरीले आफ्ना भौतिक तथा मानवीय क्षतिको संकलन गर्न थालेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेले अहिले क्षति विवरण संकलनको काम भइरहेको बताए।
उनका अनुसार काठमाडौंमा रहेका सबैजसो प्रहरी वृत्तमा प्रदर्शनकारीले क्षति पुर्याएका थिए।
त्यसमध्ये महाराजगन्ज वृत्तमा प्रहरी कर्मचारी भित्रै रहँदा आगजनी गरेका थिए। त्यहाँ दुई जनाको मृत्यु र २१ जनाको उद्धार भएको प्रारम्भिक आकलन छ।
यस्तै कोटेश्वरमा ज्यान गुमाएका ३ जनाको पनि शव प्रहरी कर्मचारीको खुलेको थियो। यद्यपि सिभिल अस्पतालमा रहेको ती शवको यकिन सनाखत गर्न बाँकी नै रहेको डिआइजी घिमिरेले बताए।
बुधबार काठमाडौंका सबै वृत्तमा प्रमुखहरूले कमाण्ड सम्हालिसकेका छन्।
तर कतिपय कर्मचारीहरू अझै सम्पर्कबिहीन नै छन्।
त्यसैले सम्पर्कमा ल्याउने प्रयास भइरहेको उनले बताए।
‘सम्पर्कमा आउन सर्कुलर भइसकेको छ,’ उनले भने।