चुच्चेपाटी र महाराजगन्जको भाटभटेनीमा भएको आगजनी नियन्त्रणमा आएको छ।
मंगलबार काठमाडौंमा भएको प्रदर्शनमा विभिन्न सरकारी र निजी भवनहरूमा आगजनी भएका थिए।
काठमाडौंकै विभिन्न स्थानमा रहेको भाटभटेनीमा तोडफोड र आगजनी भएको थियो।
चुच्चेपाटीको आगलागी भने बुधबार अपराह्नतिर नियन्त्रणमा आएको हो।
काठमाडौंकै नक्सालस्थित हिल्टन होटलमा लागेको आगो अझै निभेको छैन।
सिंहदरबारमा बिहानसम्म आगो बलिरहेको थियो। सर्वोच्च अदालतमा पनि बिहानसम्म आगो बलिरहेको थियो।