सोमबार मंगलबार जेनजीको प्रदर्शनपछि बुधबार बिहान काठमाडौंका सडकहरूमा मानिसहरूको चहलपहल सुरू भएको छ।
मंगलबारदेखि सुरू भएको प्रदर्शन बुधबार उग्र बन्यो।
प्रदर्शनकारीहरूले प्रमुख प्रशासकीय केन्द्र सिंदरबार र नयाँ बानेश्वरस्थित संसद भवन जलाए।
अरू सरकारी भवनहरू जलेर नष्ट भएका छन्।
व्यापारिक भवनहरुमा बुधबार बिहानसम्म आगो निभेको छैन।
सडकमा छिटपुट मानिसहरू देखिएका छन्।
मुख्य र भित्री भागहरुमा पसलका सटरहरू बन्द छन्।
काठमाडौंका सडकमा मंगलबार राति १० बजेदेखि नै सेना परिचालित छ।
प्रदर्शनपछि उच्छृंखल गतिविधि हुन नदिन रातिदेखि सेना परिचालन गरिएको थियो।
बुधबार बिहान पनि चोक चोकमा सेना खटिएको छ।
सडकमा गुडेका सवारी साधनहरूलाई रोकेर सोधपुछ गरिरहेका छन्।
थानकोट-कलंकी सडकमा सवारी साधनहरुको पातलो आवतजावत छ।
सतुंगलमा रहेको सिजी मोटर्सको कार्यालय आगजनीबाट ध्वस्त भएको छ।
तस्बिरहरूः
-ink-1757475913.jpeg)
-ink-1757475913.jpeg)
-ink-1757475912.jpeg)
-ink-1757475912.jpeg)
-ink-1757475912.jpeg)
-ink-1757475911.jpeg)
-ink-1757475911.jpeg)
-ink-1757475911.jpeg)
-ink-1757475911.jpeg)
-ink-1757475910.jpeg)
-ink-1757475910.jpeg)
-ink-1757475908.jpeg)
-ink-1757475909.jpeg)
-ink-1757475909.jpeg)
-ink-1757475908.jpeg)
-ink-1757475908.jpeg)
-ink-1757475908.jpeg)
-ink-1757475908.jpeg)