काठमाडौंको बानेश्वरमा मानिसहरू भेला भई प्रदर्शन गर्न थालेपछि संसद भवन गेटमा ब्यारिकेड राखिएको छ।
मंगलबार बिहानैदेखि संसदभवन अगाडि भेला भएर मानिसहरूले नाराबाजी सुरू गरिसकेका छन्।
सोमबार काठमाडौमा जेनजीले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग र गोली प्रहार गर्दा १७ जनाको मृत्यु भएको थियो।
ठूलो संख्यामा युवाको मृत्यु भएपछि मंगलबार बिहानैदेखि बानेश्वरमा प्रदर्शन सुरू भएको हो।
प्रदर्शनकारीहरूलाई रोक्नका लागि प्रहरीले संसद भवनअगाडि ब्यारिकेड खडा गरेको हो।
सोमबार नै इटहरीमा दुई जनाको मृत्यु भएको थियो। सयौंको संख्यामा प्रदर्शनमा सहभागी भएकाहरू घाइते भएका थिए।
अहिले काठमाडौं, भक्तपुरले अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ।
ललितपुरले स्थान तोकेर मध्यरातिसम्म कर्फ्यू आदेश जारी गरिसकेको छ।
तस्बिरहरू:
-1757386474.jpeg)
-1757386474.jpeg)
-1757386474.jpeg)
-1757386473.jpeg)
-1757386472.jpeg)
-1757386470.jpeg)
-1757386470.jpeg)
-1757386471.jpeg)
-1757386471.jpeg)
-1757386469.jpeg)
-1757386468.jpeg)
-1757386468.jpeg)
-1757386467.jpeg)
-1757386465.jpeg)
-1757386466.jpeg)
-1757386466.jpeg)
-1757386467.jpeg)
-1757386464.jpeg)
-1757386464.jpeg)
-1757386462.jpeg)
-1757386463.jpeg)
-1757386461.jpeg)
-1757386461.jpeg)
-1757386462.jpeg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी।