विराटनगरमा सोमबार टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
विराटनगर–२ स्थित तिनपैनीमा साँझपख टिपरले स्कुटरलाई ठक्कर दिएको थियो।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४५१४ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको को २७ प ८५३४ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा कटहरी–१ जमकोटीका ७६ वर्षीय सुदीशनारायण झाको ज्यान गएको हो।
उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
दुर्घटनापछि आक्रोशित भीडले टिपरमा आगजनी गरेको थियो।
प्रहरीले टिपर चालक मोरङको ग्रामथान गाउँपालिका–७ का ३१ वर्षीय सजन चौधरीलाई नियन्त्रणमा लिएको छ।