विराटनगर महानगरले मंगलबारका लागि सबै सामुदायिक विद्यालयलाई बिदा दिने निर्णय गरेको छ।
महानगरले ‘हालै उत्पन्न विषय परिस्थितिलाई मध्यनजर गर्दै’ महानगरभरिका विद्यालयहरू बिदा दिने निर्णय गरेको सूचना मार्फत जनाएको छ।
निजी विद्यालयहरूले दुई दिन स्कुल तथा कलेजहरू बन्द गर्ने निर्णय गरेपछि महानगरले मंगलबारका लागि बिदा दिएको हो।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार महानगरले एक दिन, हिसान र प्याब्सनले दुई दिन बिदा गर्ने निर्णय गरेका छन्।
सोमबार विराटनगरमा दिनैभरि जेनजी प्रदर्शनकारीहरूले प्रदर्शन गरेका थिए। महानगरमा ढुंगामुढा गर्ने र प्रदेश सभामा व्यारिकेड तोड्ने बाहेक विराटनगरको प्रदर्शन शान्तिपूर्ण रह्यो।