काठमाडौंको बानेश्वरमा जेन–जी प्रदर्शनमा क्रममा एक जनाको मृत्यु भएपछि आन्दोलन थप उग्र बनेको छ।
सोमबार दिउँसो भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि आन्दोलनकारीहरू थप उग्र बन्न थालेका हुन्।
अहिले प्रदर्शनकारीले विभिन्न ठाउँमा आगजनी समेत गरिरहेका छन्। उनीहरूले संसद भवनको गेट अगाडि आगजनी गरेका छन्।
त्यस्तै, उनीहरूले एम्बुलेन्समा समेत तोडफोड गरेका छन्।
संसद भवनका ठाउँठाउँका पर्खाल समेत भत्काइएका छन्।
जेन-जीले सोमबार बिहान ९ बजेदेखि प्रदर्शन गरेको थियो। त्यस्तै दिउँसो भने उक्त प्रदर्शनले निषेधित क्षेत्र तोडेपछि प्रहरीले बल प्रयोग गरेको हो।
जेन-जीले यस आन्दोलनमा घुसपैठ भएको बताउँदै आएको छ। उनीहरूले विज्ञप्ति जारी गर्दै घुसपैठ भएकाले फर्किन भनेको थियो।