काठमाडौंको बानेश्वरमा प्रहरीले हवाई फायर गरेको छ।
प्रहरीले स्थिति नियन्त्रण बाहिर गएपछि हवाई फायर गरेको एसएसपी विश्व अधिकारीले जानकारी दिए।
प्रहरीले संसद भवनभित्र प्रवेश गरेकाहरूलाई पनि निकालिसकेको छ।
अहिले बानेश्वर क्षेत्रमा प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।