अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ।
नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११:४७ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको हो।
उक्त क्षेत्र अफगानिस्तानको र पाकिस्तानको सीमाना पर्छ।
भूकम्पको धक्का केन्द्रबिन्दुबाट २ सय किलोमिटर टाढाको काबुल र झन्डै ४०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस भएको थियो।
६ म्याग्नेच्यूडको कम्पनपछि ४.५ देखि ५.२ तीव्रताका कम्तीमा तीन पराकम्प पनि आएका थिए।
समाचार एजेन्सी एएफपीका अनुसार मृतकको संख्या बढ्न सक्नेछ। भूकम्प प्रभावित क्षेत्र दुर्गम र पहाडी इलाकामा रहेकाले मृतकको संख्या बढ्न सक्ने भनिएको छ। त्यहाँका अधिकांश घरहरू भूकम्प प्रतिरोधी संरचना नभएकाले क्षति बढेको बताइएको छ।
तालिबान सरकारका अधिकारीहरूले राहत तथा उद्धार संस्थाहरूसँग सहयोगको अपील गरेका छन्।
कुनार प्रान्तका प्रहरी प्रमुखले बीबीसीलाई बताएका अनुसार भूकम्पसँगै आएको बाढी र पहिरोका कारण सडक अवरुद्ध भएका छन्। जसले गर्दा उद्धार अभियान केवल हवाईमार्गमार्फत मात्र सम्भव देखिन्छ।
तालिबान अधिकारीहरूले आफूहरूसँग सीमित स्रोत भएको जनाउँदै अन्तर्राष्ट्रिय संस्थाहरूसँग हेलिकप्टरसहित सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।