ललितपुरमा अनलाइन जुवा खेलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
सोमबार राति ललितपुर महानगरपालिका-४ शान्तिकुना मार्गबाट एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।
पक्राउ पर्नेमा सिन्धुली घर भएर शान्तिकुनामा कोठा लिएर बस्दै आएका २६ वर्षीय गौरव स्याङ्तान छन्।
उनीबाट प्रहरीले ९१ लाख ५० हजार नगद फेला पारेको एसपी जोशीले बताए।
अनलाइन जुवा खेल्ने र खेलाउने काम भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र परिसरबाट संयुक्त टोली खटिएको थियो।
उक्त टोलीले स्याङ्तानलाई पक्राउ गरेको हो।
उनको कोठाबाट प्रहरीले मोबाइल सेट, आइप्याड, ल्यापटप, नोट गन्ने मेसिन, तौल गर्ने तराजु बरामद गरेको छ।
त्यस्तै एक किलो ५०० ग्राम गाँजासमेत बरामद भएको थियो।