तुलसीपुरमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ।
लमही नगरपालिका– ३ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–८ दुधेनामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीया कविता चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।
कवितालाई मोटर चलाउँदा विद्युत तारबाट दुवै हातमा करेन्ट लागेको थियो। अचेत अवस्थाकी उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएको छ।