प्रहरीले नेकपा माओवादी केन्द्रको पूर्वजनमुक्ति सेना मंगलसिंह प्रजालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले मंगलबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो।
एसपी दीपकराज अवस्थीका अनुसार उनले कानूनले वर्जित गरेका सामग्री सामाजिक सञ्जालमा प्रकाशन गरेका थिए।
त्यसकै आधारमा बानेश्वरबाट पक्राउ गरिएको उनले बताए।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको आरोप छ। उनले के कस्ता सामग्री राखेका थिए खुलेको छैन।
उनीमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गर्ने तयारी छ।