बैतडीको पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत करिब २४ वर्षीया अनमी भागरथी विष्ट मृत फेला परेकी छन्।
उनी बसोबास गर्दै आएको कोठामा आइतबार बेलुकी ८ बजेतिर विष्ट मृत फेला परेकी हुन्।
उनी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले बताए।
पुर्चाैडी–१० चौमाला घर भएकी विष्टका श्रीमान् नेपाली सेनामा कार्यरत रहेका र गत वैशाखमा मात्रै उनीहरूको विवाह भएको थियो।
अनमी झुण्डिएको अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।