बाँकेको नेपालगञ्जबाट कटुवा पेस्तोलसहित दुई जना किशोर पक्राउ परेका छन्।
नेपालगञ्ज उपमहनगरपालिका वडा नम्बर ४ का १७ वर्षीय समीर ढापाली र १६ वर्षीय राजन सोनकर कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउन्ड गोलीसहित पक्राउ परेका हुन्।
उनीहरू चेकजाँचका क्रममा आइतबार दिउँसो १ बजेतिर पुष्पलाल चोक नजिकबाट पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले बताए।
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट नियमित चेकजाँचमा खटिएका प्रहरीले पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको रिक्सामा सवार उनीहरूको साथबाट गोलीसहित पेस्तोल बरामद गरेको हो।
पक्राउ परेका किशोरहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।