कैलालीमा आमा र उनकी १० वर्षीया छोरी मृत अवस्थामा फेला परेका छन्।
घोडाघोडी नगरपालिका –७ की २२ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनाकी छोरी अनुजा चौधरी गौरीशंकर सामुदायिक वनमा मृत फेला परेका हुन्।
कैलालीका डिएसपी राजकुमार सिंहका अनुसार रूखमा झुण्डिएको अवस्थामा शव फेला परेको हो।
घर परिवारले शनिबार मात्रै उनीहरू हराएको भनेर खोजी गरिदिन इलाका प्रहरी कार्यालय सुखडमा निबेदन दिएको डिएसपी सिंहले बताए। खोजी गर्ने क्रममा शनिबार दिउँसो घर नजिकैको गौरीशंकर सामुदायिक वनमा शव फेला परेको हो।
आमा छोरीको शव पोष्टमर्टमको लागि टीकापुर अस्पतालमा राखिएको छ।
प्रहरीका अनुसार आमा-छोरी साउन २९ गते घर परिवारको सम्पर्कमा थिएनन्। घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।