ललितपुरमा बस र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।
आइतबार बिहान ललितपुर महानगरपालिका वडा नम्बर ४ नख्खुस्थित सातदोबाटोबाट सानेपातर्फ जाँदै गरेको बा २ ख ६५३२ बस र भैंसेपाटीबाट भनिमण्डलतर्फ जाँदै गरेको बा ६१ प ८३४७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो।
मृत्यु हुने मोटरसाइकल चालक रामेछाप घर भई हाल ललितपुर महानगरपालिका २५ बस्ने ४६ वर्षीय मान सुनुवार रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए।
उनका अनुसार बस चालक रूपन्देही सैनामैना नगरपालिका ४ का पाना ढकाललाई पनि नियन्त्रणमा लिइएको छ।
साथै दुवैको सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ।