नारायणघाट-मुग्लिन सडकको तुइनखोला नजिकै फेरि पहिरो खसेको छ।
बिहान खसेको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको केहीबेरमा फेरि पहिरो खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रवीन्द्र खनालले पहिरोका कारण सडक दुईतर्फीरुपमै अवरुद्ध भएको जानकारी दिए।
यसअघि बिहान पहरोबाट झरेको ढुंगाले लागेर मुग्लिनतर्फ जादै गरेको स्कुटरमा सवार एक व्यक्ति घाइते भएका थिए।
बागमती प्रदेश ०६-००३ प ३८१६ नम्बरको स्कुटरमा सडक माथिबाट ढुङ्गा झरेक लागेको थियो। स्कुटरमा सवार चितवनको रत्ननगर-३ बस्ने सन्दिप रिजालको खुट्टामा चोट लागेको छ।