काठमाडौंको माइतीघरमा आमरण अनसन सुरू गरेका खोटाङका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई सरकारी टोलीले भेटेको छ।
बुधबारदेखि आमरण अनुसन सुरू गरेका भट्टाराईलाई सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनाली र सहरी विकास तथा भवन निर्माणका महानिर्देशक मच्चा काजी महर्जनसहितको टोली भेट्न पुगेका हुन्।
'मन्त्रालयले हालखबर बुझ्न पठाएको जस्तो छ। मागहरूको बारेमा बुझेर फर्किनु भयो,'मेयर भट्टराईले भने, 'आधिकारिक रूपमा छलफलमा बोलाएर माग सम्बोधन गरेमा हामी सम्झौता गर्न तयार छौं।'
मेयर दिक्तेलबाट काठमाडौं आएर साउन ११ गतेदेखि ७ बुँदे माग राख्दै सत्याग्रह सुरू गरेका थिए। तीन दिनसम्म सरकारी निकायले चासो नदेखाएपछि बुधबारबाट आमरण अनसन सुरू गरेका छन्।
मन्त्रालयका प्रवक्ता मैनालीकाअनुसार अहिले मेयरको मागहरूको बारेमा छलफल भएको छ। विस्तृतमा छलफल गरेपछि निर्णय हुनेछ।
तस्बिरहरूः
-ink-1753864970.jpeg)
-ink-1753864970.jpeg)
-ink-1753864969.jpeg)
-ink-1753864969.jpeg)
-ink-1753864968.jpeg)
-ink-1753864968.jpeg)
-ink-1753864970.jpeg)
-ink-1753864970.jpeg)
-ink-1753864968.jpeg)
-ink-1753864968.jpeg)
-ink-1753864967.jpeg)
-ink-1753864967.jpeg)
सबै तस्बिरः सरोज साही / नेपाल फोटो लाइब्रेरी