काठमाडौंको बूढानीलकण्ठमा एक जनाको शव फेला परेको छ।
बूढानीलकण्ठ नगरपालिका-१३ स्थित चुनिखेल करूणा अस्पताल अगाडि निर्माणाधीन घर अगाडि शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
मृतक खोटाङ घर भई सोही निर्माणाधीन घरमा बस्दै आएका ५० वर्षीय राजकुमार राई छन्।
बुधबार बिहान साढे ६ बजेतिर मूल ढोकाअगाडि उत्तानो परेको अवस्थामा शव पेला परेको हो।
उनको टाउकोको पछाडिपट्टिको भागबाट रगत बगेको एसपी बोहोराले बताए।
उनी लडेर टाउकोमा ठोक्किएको हुनसक्ने प्रहरीको अनुमान छ।
शव फेला परेपछि प्रहरी वृत्त महाराजगन्जबाट प्रहरीको टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
शव बिहान साढे १० त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।