बुटवल गोलपार्कदेखि भारतीय सीमा बेलहिया नाकासम्म २७.५ किलोमिटर लम्बाइको बेलहिया बुटवल व्यापारिक मार्ग देशकै नमूना सडक हो।
२०६८/६९ सालदेखि विभिन्न प्याकेजमा ठेक्का सम्झौता गरी ग्रिनरी (हरियाली) सहितको ६ लेन सडक निर्माण गरिएको हो।
सुरूको वर्ष ०६८/६९ मा बुटवलतर्फ राजमार्ग चौराहदेखि तल ३ किलोमिटर र भैरहवातर्फ ४ किलोमिटरको ठेक्का पहिलो प्याकेजमा भएको थियो।
२०७०/७१ मा फेरि दुवैतर्फ ३/३ किलोमिटरका दरले ठेक्का सम्झौता भएको थियो।
२०७२ सालमा मणिग्रामदेखि सुनैनापथसम्मको ३ किलोमिटर र मधवलियादेखि लखनचोकसम्म ३ किलोमिटर गरी ६ किलोमिटर, सुनैनापथदेखि मधवलियसम्मको ३ किलोमिटर, लखनचोकदेखि अञ्चलपुरसम्मको २ किलोमिटर सडक ठेक्का सम्झौता भएको थियो।
राजमार्ग चौराहदेखि डण्डा खोलासम्मको सडक करिब ६ अर्बको लागतमा टेलिकम इण्डिया लिमिटेड (टीसीआइएल), कालिका–रायमाझी जेभी, द कन्चनजङ्घा बिरुवा श्रेष्ठ एपेक्स जेभीले निर्माण गरेका हुन्।
६ लेन सडकको मुख्य सडक चार लेन (दुई–दुई लेन दुवैतर्फ) को चौडाइ १०.४० मिटर छ भने सर्भिस लेन दुई वटा दुवैतर्फ ६ मिटर चौडाइको छ।
बीचको डिभाइडर ३ मिटर चौडाइ र डिजाइन स्पिड ८० किलोमिटर प्रतिघन्टा छ।
राजमार्ग चौराहदेखि बाइपाससम्मको २३ किलोमिटर हाराहारी सडक २०७९ सालमा सम्पन्न भए पनि बुटवल राजमार्ग चौराहदेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडकको निर्माण भने अहिले जारी छ।
बुटवलको साढे तीन किलोमिटरसँगै बेलहियादेखि बाइपाससम्मको ७५० मिटर सडक निर्माणका लागि २०७३ सालमा ठेक्का सम्झौता भएको थियो।
निर्माण कम्पनी ‘द कञ्चनजंघा बिरूवा जेभी’ ले सडक अलपत्र पारेपछि सडक डिभिजन कार्यालय बुटवलले २०८१ वैशाख २३ गते उक्त सम्झौता तोडेको थियो। त्यसपछि २०८१ असार ३१ गते अर्को ठेक्का आह्वान गरी ‘बाबुल दर्शन मालिका जेभी’ सँग गत असोज १८ गते ठेक्का सम्झौता भएको हो।
सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्रका अनुसार बुटवलतर्फको साढे तीन किलोमिटर सडकका लागि भ्याटसहित ३३ करोड र बेलहियातर्फका ७५० मिटरका लागि साढे ६ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको छ।
यसअघि २०७३ सालमै राजमार्ग चौराहबाट गोलपार्कसम्म भ्याट समेत गरी ४७ करोड २७ लाख र बेलहियाबाट बाइपाससम्म १७ करोड रूपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।
निर्माण कम्पनीले बुटवलतर्फ नाली निर्माण लगायत विभिन्न कारण देखाउँदै लागत रकम थप गराई ५३ करोड ९७ लाख रूपैयाँ पुर्याएको थियो। बुटवलतर्फ ५४ प्रतिशत र बेलहियातर्फ ४० प्रतिशत मात्र काम पूरा भएपछि ठेक्का तोडिएको थियो।
फराकिलो सडकमा तीव्र गतिमा सवारी साधन गुड्ने भएपछि विद्यालय, बजार क्षेत्र तथा अति व्यस्त चोकहरूमा बाटो पार गर्दा हुनसक्ने दुर्घटनाको जोखिमलाई मध्यनजर गरि बेलहीयादेखि बुटवलसम्म १० स्थानमा आकाशेपुल निर्माण गरिएको छ।
बुटवलतर्फ ट्राफिक चोक, नयाँ बसपार्क, मिलनचोक, राजमार्ग चौराह, कालिका उच्च मावि, योगीकुटी र ड्राइभर टोलमा र भैरहवातर्फ आँखा अस्पताल, देवकोटा चोक र बर्मेलीटोलमा गरी १० स्थानमा महादेव खिम्ती एसियाटिक महेश जेभीले अपांगता मैत्री आकाशे पुल निर्माण गरेको हो।
प्रतिपुल एक करोड २५ लाख गरी कुल १२ करोड रूपैयाँको लागतमा निर्माण गरिएका सबै आकाशे पुल एक भागमा सिँढी र अर्को भागमा स्लाबसहित निर्माण गरिएका छन्। पुलको माथि र सिँढीमा फलामे रेलिङ हालिएको छ भने पिल्लर र सिँढीमा टायल र ढुंगा लगाएर चिटिक्क बनाइएको छ।
तस्बिरहरू:
-1753849488.jpg)
-1753849491.jpg)
-1753849491.jpg)
-1753849487.jpg)
-1753849491.jpg)
.-1753849486.jpg)
-1753849491.jpg)
-1753849490.jpg)
-1753849490.jpg)
-1753849489.jpg)
-1753849489.jpg)
-1753849488.jpg)
-1753849488.jpg)
-1753849488.jpg)
-1753849487.jpg)
-1753849487.jpg)
-1753849487.jpg)
-1753849486.jpg)