मंगलबार काभ्रेपलाञ्चोकका दुई जनाको बाटोमा चिप्लिएर मृत्यु भएको छ।
नमोबुद्ध नगरपालिका–७ सिमडाँडाकी ५० वर्षीया एककुमारी राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर चोट लागेपछि उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरीले कार्यालयका अनुसार घाइते राउतको धुलिखेल अस्पतालमा मृत्यु भएको हो।
यस्तै, बेथानचोक गाउँपालिका–५ गोखौलीका ६० वर्षीय सेतेमान भोलनको पनि बाटोमा चिप्लिएर मृत्यु भएको छ।
मंगलबार स्थानीय डेरीमा दूध पुर्याउन जाने क्रममा उनी लडेर टाउकोमा चोट लागेको थियो। काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।