नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हाम फालेर दुई जना बेपत्ता भएका छन्।
मंगलबार बिहान एक जना र अर्का एक जना साँझतिर पुलबाट हाम फालेर बेपत्ता भएका प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालका अनुसार मंगलबार साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हाम फालेर बेपत्ता भएकी हुन्।
'साँझ पुलबाट हाम फालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ,' प्रहरी निरीक्षक नरालले भनिन्, 'बिहान हाम फालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ।'
बिहान पुलबाट हामफाल्ने किशोर गैंडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिइन्।