सुर्खेत प्रहरीले साढे ३ हजार ग्राम लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
अछामको कमलबजार नगरपालिका–८ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –९ लाटीकोइली बस्दै आएका २५ वर्षीय आर्यन शाह पक्राउ परेका हुन्।
वीरेन्द्रनगर नगरपालिका वडा न–९ लाटीकोइली मिलनटोलमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले बिहीबार बेलुका ८ बजेतिर उनलाई नियन्त्रणमा लिएको थियो।
शाहको शरीर खान तलासी गर्दा ३ हजार ७०० मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी होमनजंग बुढथापाले बताए।