सल्यानमा यात्रुबाहक फोर्स गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार दुर्घटनामा परी सल्यानको कुमाख गाउँपालिका–६ का २७ वर्षीय चालक पारस आचार्यको अवस्था गम्भीर छ।
दुर्घटनाका घाइतेमध्ये एक जना घाइतेलाई रूकुम पश्चिमको मिसन अस्पताल चौरजहारी, १३ जना घाइतेलाई उपचारका लागि नेपालगञ्जतर्फ पठाइएको छ।
बाँकेको नेपालगञ्जबाट सल्यानको राघेचौर हुँदै रूकुम पश्चिमको चौरजहारीतर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्बरको गाडी सल्यानको कुमाख गाउँपालिका– २ बढाइ ज्यूला नजिकै दिउँसो १ बजेतिर दुर्घटनामा परेको थियो।
आफै अनियन्त्रित भई गाडी सडकदेखि ४५ मिटर तल खसेको थियो।
दुर्घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्का नेतृत्वको टोली घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो।