नायब महान्यायाधिवक्ता टेकप्रसाद घिमिरेले अवकाश हुनुअगावै राजीनामा दिएका छन्।
उनले साउन २ गतेदेखि लागु हुनेगरी राजीनामा दिएका हुन्।
उक्त राजीनामालाई साउन ४ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ।
उनी साउन ४ गतेदेखि स्वत: अवकाशमा जान लागेका थिए। त्यसअगावै उनले राजीनामा दिएका हुन्।
उनले स्वेच्छिक अवकाश लिएका हुन्। निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन सक्ने व्यवस्था निजामती कर्मचारी ऐन, २०४९ मा उल्लेख छ।
स्वेच्छिक अवकाश लिए २० वर्ष वा सोभन्दा बढी समयसम्म सरकारी सेवा गरेका कर्मचारीले निवृत्तभरण पाउने व्यवस्था छ।