दाङको घोराहीमा छोरीमाथि बलात्कार गरेको आरोपमा बुवालाई प्रहरीले पक्राउ गरेको छ।
असार ३० गते १६ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा बुवालाई प्रहरीले पक्राउ गरेको हो। बालिकाकी आमा भारतमा काम गर्थिन्। बुबाबाटै बलात्कार भएपछि बालिकाले आमालाई बोलाएकी थिइन्।
किटानी जाहेरीको आधारमा बुवालाई पक्राउ गरेको एसपी अर्जुन तिमिल्सिनाले बताए।
‘विगत डेढ महिनादेखि बुवाले छोरीमाथि यौन हिंसा र बलात्कार प्रयास गर्दै आएको जाहेरीमा उल्लेख छ। असार ३० गते बलात्कार गरेको भन्ने जाहेरी आएपछि बुवालाई पक्राउ गरेको हो।’
आरोपित बुवामाथि बलात्कार मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।
जिल्ला अदालतले थप अनुसन्धान गर्न आइतबार पाँच दिनको म्याद दिएको एसपी तिमिल्सिनाले बताए।