कास्कीको पोखरामा कोभिड– १९ संक्रिमित एक महिलाको मृत्यु भएको छ।
उच्च रक्तचाप र मधुमेहको समस्यासमेत रहेकी ७४ वर्षीय महिलाको पोखराको चरक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयका निर्देशक खिमबहादुर खड्काका अनुसार ती महिलाको स्वाब असार २५ गते परिक्षण गर्दा कोभिड पोजेटिभ देखिएको थियो।
त्यसपछि उनी उपचारका लागि अस्पताल गएकी थिइन्।
‘कोभिड पोजेटिभ देखिएकी एक जना महिलाको आइतबार मृत्यु भएको हो, उहाँलाई कोभिड पोजेटिभ मात्र नभएर अरू पनि समस्या देखिएका थिए,’ निर्देशक खड्काले भने।
जनवरी यता गण्डकी प्रदेशका विभिन्न अस्पतालमा परीक्षण गर्दा ८ जनामा कोभिड पोजेटिभ देखिएको उनले बताए।
कोभिडको कुन भेरियन्ट देखिएको हो, नयाँ आएको हो कि होइन भन्नेबारे अध्ययन आवश्यक रहेको उनले बताए।