रसुवामा बाढी आउँदा बगाएको नेपाल-चीन जोड्ने मितेरी पुलमा अस्थायी बेलिब्रिज बनाइँदै छ।
असार २४ गते राति चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीले दुई देश जोड्ने मितेरी पुलमा क्षति पुर्याएको थियो। त्यसमा २० जना बेपत्ता भएका थिए।
कतिपयको सनाखत भइसकेको छ भने कतिलाई प्रहरीले अझै खोजिरहेको छ।
क्षति पुगेको केही दिनदेखिनै त्यहाँको पुरानो संरचना हटाउने काम भएको जिल्ला सहायक प्रमुख द्रुवप्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार नेपाल-चीनले आआफ्नो क्षेत्रमा पुराना संरचना हटाएर बेसमेन्ट तयार पार्ने काम भइरहेको छ। अस्थायी बेलिब्रिज राख्ने तयारी हो।
'चीनले अस्थायी संरचना बनाइदिने भनेको छ। दसैँसम्म बनाइ सक्छ कि भन्ने अनुमान गरेका छौं,' उनले भने।