अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर एक लाख घुसहित नियन्त्रणमा लिएको छ।
मेयर रामपुकार साहलाई एक लाख घुससहित अख्तियारको टोलीले बुधबार कार्यालयबाटै नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।
'उनलाई उपभोक्ता समितिबाट गैरकानुनी रूपमा रकम लिँदै गरेको अवस्थामै नियन्त्रणमा लिइएको हौं,' अख्तियार स्रोतले सेतोपाटीलाई भन्यो, 'अहिले पालिकामा थप बुझ्ने काम भइरहेको छ।'
उनी २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट मेयर निर्वाचित भएका थिए।