सुर्खेतमा १६ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
वीरेन्द्रनगर नगरपालिका-३ बस्ने ३६ वर्षीय उदय चन्द पक्राउ परेका हुन्। उनको स्थायी घर जाजरकोट भेरी नगरपालिका-५ हो।
उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले सोमबार पक्राउ गरेको हो।
उनीविरूद्ध १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको उजुरी छ। सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ।