बबई नदीमा नुहाउने क्रममा तुलसीपुरका दुई किशोर बेपत्ता भएका छन्।
तुलसीपुर उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगर र तुलसीपुर–७ का १७ वर्षीय विधान केसी सोमबार दिउँसो साढे २ बजे नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार साथीहरू सँगै बबई गाउँपालिका–५ स्थित चर्चित पुरन्धारा छहरा अवलोकनका लागि गएका उनीहरू छहरा नजिकैको बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।
इप्रका खिलतपुरका प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले बेपत्ता दुई किशोरको खोजी कार्य जारी रहेको जानकारी दिएका छन्।
उनीहरू तुलसीपुरमै अध्ययनरत विद्यार्थी हुन्।