दाङको तुलसीपुरका सर्पदंशबाट एक नाबालकको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका – १३ रनियापुरमा २२ महिनाका एनिस परियारलाई घर भित्र सर्पले डसेको थियो।
उनको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा बेलुकी सवा ५ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले बताए।
पहिचान हुन नसकेको सर्पले घर भित्रै बालकको हत्केलामा डसेको थियो।
एनिस स्थानीय नुरज परियार र अनिता परियारका छोरा हुन्।
आमा अनिता परियार छोरालाई घरमा छोडेर जंगलमा च्याउ खोज्न गएको भन्ने खुलेको प्रहरीले बताएको छ।
एनिसलाई आइबार दिउँसो सवा ४ बजेतिर घर भित्र सर्पले डसेको थियो।